Chhetri Samaj Image Chhetri Samaj
HOME CONSTITUTION EXECUTIVES ADVISORS MEMBERS Events Gallery ARTICLES CONTACT US
 
 
News Detail

Krishna
2010-07-08 03:10:02

हङकङ सरकारबाट नेपालीलाई पदक

 

 हङकङ, अषाढ २२ - नेपाली लगायत स्थानीय अल्पसंख्यकहरुका हकहितमा कार्य गरेबापत हङकङ सरकारले एक नेपालीलाई 'मेडल अफ अनर'ले सम्मान गर्ने भएको छ  ।

पन्ध्र बर्षदेखि हङकङमा रहेका अन्ठाउन्न वर्षिय बुद्धिबहादुर थापालाई हङकङको तेह्रौ बार्षिकोत्सवका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । स्याङजा वालिङका थापा मेडल अफ अनरले सम्मानित हुने पहिलो नेपाली हुन् ।

बेलायतले हङकङ चीनलाई हस्तारन्तरण गरेको दिन जुलाई एक तारिखमा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरुका सम्मानमा विभिन्न पदक तथा कदर पत्रको घोषणा हुने प्रचलन छ । उक्त घोषित सम्मान अक्टुबर एक राष्ट्रिय दिवसका अवसरमा हङकङका कार्यकारी प्रमुख द्वारा हस्तान्तरण गरिन्छ । यसबर्ष मेडल अफ अनरले सम्मानित हुनेहरु त्रिसठ्ठी जना छन् ।

'सरकारको सम्मानले सबै नेपालीको प्रतिष्ठा उचो बनाएको छ,' थापाले कान्तिपुर सँग भने, 'अझ बढी जिम्मेवारी थपिएको महसुस गरेको छु ।' प्रवासमा रहनेहरु क्षेत्र र जातजातिका नाउँमा विभाजित हुनुको साटो सिंगो नेपाली भएर रहनुमा नै सबैको भलो हुने कुरामा उनले जोड दिए ।

'आफ्ना रीतिरिवाज, भाषा र संस्कृति जिवन्त राख्नु हाम्रो दायित्व हो,' उनले भने, 'यहाँको स्थानीय सँगै अघि बढन स्थानीय भाषा र रहनसहनमा घुलमिल हुनु पनि उत्तिकै आवश्यक छ ।' थापा हङकङमा ट्राभल लगायत निर्यात व्यवसायमा छन् । विगतमा उनले नेपाल सरकारका विभिन्न मन्त्रालय र विभाग अन्तर्गत रही कार्य गरेको बताए ।

विगत छ बर्षदेखि अल्पसंख्यकहरुका लागि कार्यरत संस्था हङकङ एकीकृत नेपाली समाजका समेत उनी अध्यक्ष हुन् । समाजले सरकारका समन्वयमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अल्पसंख्यक र स्थानीय चिनियाँहरु बीचको दुरी कम गर्न विभिन्न कृयाकलापहरु गर्दै आएको छ ।

हालै समाजले सरकारका तर्फबाट करिब बीस लाख हङकङ डलर मुल्यपर्ने सामुदायिक घर निशुल्क पाएको छ । हङकङबासी नेपालीहरुले बर्षौदेखि सामुदायिक भवनको माग गर्दै आएका थिए ।

थापा सात बर्षसम्म हङकङ सरकारको संबैधानिक तथा मुख्यभूमि मामिला विभागका सदस्य समेत रहेका छन् । विधान परिषद्बाट जातीय भेदभाव विरोधी कानुन पास गराउन उक्त विभागले सक्रिय भूमिका खेलेको उनको दाबी छ । हङकङमा उनी बेइजिङ समर्थक दल डेमोक्रेटिक एलायन्स फर बेटरमेन्ट अफ हङकङ (डिएबी) सँग राम्रो सम्बन्ध बनाएका थोरै नेपाली मध्येका एक हुन् ।

 
 

Comments
No Comments
Post Comments
Full Name :     
Email :
Comment :
Up Coming Events
24 JULY 2010 PARTY FEW PHOTOS
Photographs of Get together on 25th July 2009
Chhetri Samaj Meeting on 21st Aug
 
Recent Members
Santosh Thapa - Nepal Indra Bahadur Basnet - United Kingdom Pradip khatri - United Kingdom Dipti khatri - United Kingdom Mahendra KC - United Kingdom Justina Thapa - United Kingdom
 
 
Travelconsol
 
 
 
Home | Our Purpose | News Letter | Our Members | Contact Us
© 2009 Chhetri Samaj. All rights reserved.