Chhetri Samaj Image Chhetri Samaj
HOME CONSTITUTION EXECUTIVES ADVISORS MEMBERS Events Gallery ARTICLES CONTACT US
 
 
News Detail

Krishna Chhetri
2010-04-08 15:14:01

'क्षेत्री र ब्राम्हण समाज राजतन्त्र ब्युताउँने षडयन्त्रमा'

 

पोखरा, चैत्र १८ - माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले क्षेत्री र ब्राम्हण समाजको नाममा जातीय सद्भाव खल्बल्याई राजतन्त्र ब्युताउँने र हिन्दु राज्य स्थापना गर्ने षडयन्त्र हुन थालेको बताएका छन ।

आदिवासी, जातिय क्षेत्रीय महासंघले आज पोखरामा गरेको सभालाई सम्बोधन गर्दै अनन्तले जातीय समाज बनाउन पाए पनि त्यसले नेपाली समाजलाई खण्डित गर्न नहुने बताए । क्षेत्री र ब्राम्हण समाज जातिबादी र साम्प्रदायिकता फैलाउन लागेको र 'फुटाऊ र शासन' गर भन्ने राजतन्त्रको नीतिलाई सहयोग पुग्ने क्रियाकलाप गर्न थालेको उनले आरोप लगाए ।

माओवादी नेता अनन्तले बहुजातीय, भाषा, क्षेत्र बर्गलगायतको विशेषताको आधारमा राज्यको पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । संघीय राज्यलाई आत्मनिर्णयको अधिकार दिए सवैप्रकारका उत्पीडनको अन्त्य हुने उनले बताए ।

 बर्तमान सरकार शान्ति र संविधान निर्माणका लागि बाधक बनेको आरोप लगाउँदै माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म संविधान नबन्ने बताए । सभाअघि जनजातिहरुको एक र्‍याली नाराबाजीका साथ बजार परिक्रमा गरेको थियो

Comments
No Comments
Post Comments
Full Name :     
Email :
Comment :
Up Coming Events
24 JULY 2010 PARTY FEW PHOTOS
Photographs of Get together on 25th July 2009
Chhetri Samaj Meeting on 21st Aug
 
Recent Members
Santosh Thapa - Nepal Indra Bahadur Basnet - United Kingdom Pradip khatri - United Kingdom Dipti khatri - United Kingdom Mahendra KC - United Kingdom Justina Thapa - United Kingdom
 
 
Travelconsol
 
 
 
Home | Our Purpose | News Letter | Our Members | Contact Us
© 2009 Chhetri Samaj. All rights reserved.